आजको राशिफल : वि.सं. २०७२ साल मंसिर ७ गते, सोमबार
वि.सं. २०७२ साल मंसिर ७ गते। सोमबार। इश्वी सन् २०१५ नोभेम्बर २३ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वादशी, १०:४६ बजेउप्रान्त त्रयोदशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। उपहारको प्रसंग चले पनि आशा नराख्नु वेश हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूले दिएको वचन पूरा नगर्न सक्छन्। काममा आफैं सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हृुन सक्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, विगतका समस्या बल्झिन सक्छन्। आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses