नेपालसँग किन रिसायो मलेसिया ? ८ लाख नेपाली कामदारलाई यसरी पठाउँदैछ घर
मलेसिया, ९ मंसिर । केही यस्ता कारण छन् जस्ले नेपालसंग मलेसिया रुष्ट बनेको पुष्टी गर्छ । भलै मलेसियाले मुख खोलेर भने यो कुरा प्रष्ट पारेको छैन् । गत असारबाट नेपाल सरकारले एकतर्फी रुपमा लागु गरेको फ्रि-भिजा, फ्रि-टिकट कार्यक्रमदेखि नै मलेसिया मौन बनेको हो ।
फ्रि-भिजा , फ्रि-टिकटको रटान लगाउंदै नेपाल सरकारले कामदार नदिने, मलेसिया सरकारले पनि फ्रि मा कामदार लेउ नभन्ने गर्दा नेपाली कामदार मलेसिया आउने क्रम अहिले न्युन बनेको छ । यसैबाट थाह हुन्छकी नेपालको कदम प्रति मलेसिया असहमत छ भन्ने ।
कामदार ल्याउने सन्दर्भमा नेपालसंगको सम्बन्ध चाहे जस्तो नबनेपछि मलेसिया बंगलादेशतर्फ मोडीएको हो । बंगलादेश पनि मलेसिया र नेपाल बिचको सहकार्य अन्त्यको पर्खाईमा थियो । हिजो चाहेर पनि पाउन नसकेको उपलब्धी अहिले बंगलादेशलाई मिल्न लागेको छ ।
बंगलादेशबाट ल्याउन लागीएका १५ लाख कामदार ब्यबस्थापनका लागी मलेसियाले यतिबेला आन्तरिक गृहकार्य तीब्र पारेको छ ।
अझै अचम्मको कुरा सन २०२० भित्र बिदेशी कामदार २ प्रतिशत कटौती गर्ने मलेसियाले बताई सकेको छ । बिदेशी कामदार कटौती गर्ने बताईरहेको मलेसियाले १५ लाख बंगालादेशी कामदार ल्याउने तयारी तीब्र पार्नुले  नेपालप्रति रुची घटेको स्पष्ट देखिन्छ ।
बंगलादेशी कामदार संगसंगै मलेसियाले म्यानमारबाट बिस्थापित बनेका रोहीङ्ग्या शरणार्थीलाई पनि रोजगारी दिने तयारी थालेको छ । हाल मलेसियामा शरणार्थी अबस्थामा रहेका १ लाख ३५ हजार रोहीड्ग्यालाई बैधानिक कामदारको हैसीयतमा स्वीकार गर्ने तयारी भैरहेको उपप्रधानमन्त्री अहमद जाहीद हमीदीलाई उध्रित गर्दै यहाँका पत्रपत्रिकाले खबर छापेका छन् ।
यस बाहेक अन्य कामदार ल्याउने मुलुकसंगको सम्बन्ध यथावत हुनु । बैधानिक होस या अबैधानिक घर फर्किन चाहने कामदार तुरुन्त्तै घर फर्किन पाउनु, कुनै  रोकतोक  नगर्नु ।  अबैधानिक कामदार बैधानिक बन्न पाउने सीक्स पीको कार्यक्रम घोषणा नगर्नु यि सबै कारणबाट मलेसियाको नेपाली कामदार प्रतिको रुची र आबश्यकता घटेको बुझ्न सकिन्छ । यो प्रक्रियाले मलेसियामा रहेका धेरै नेपाली कामदार विस्थापित भइसकेका छन् । हाल ८ लाख कामदार मलेसियामा कार्यरत छन् ।
यी कुराहरुले प्रष्ट पार्छ मलेसियाको नेपाल विकर्षण:
१. बंगलादेशबाट १५ लाख कामदार ल्याउने तयारी ।
२. म्यानमारबाट बिस्थापित १ लाख ३५ हजार रोहीङ्ग्या शरणार्थीलाई बैधानिक कामदार बनाउने तयारी ।
३. सन २०२० भित्र २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने तयारी ।
४. बैधानिक होस या अबैधानिक कामदार घर फर्किन चाहे तुरुन्त फर्कन सक्ने ब्यबस्था
५. नेपाल सरकारले गत असारबाट लागु गरेको फ्रि-भिजा ,फ्रि -टिकट कार्यक्रममा सहकार्य नगर्नु
६.  नेपाल बाहेकका मुलुकसंगको सहकार्य यथावत हुनु ।
७. अबैधानिक कामदार बैधानिक बन्न पाउने सीक्स-पीको प्रक्रिया घोषणा हुन नसक्नु ।
dainiknepal
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses