विमानको इन्जिनमा चेपिएर कर्मचारीको मृत्यु
मुम्बई, पुस २ । भारतको मुम्बईस्थित विमानस्थलमा विमानको इन्जिनमा फसेर एयर इन्डियाका एक कर्मचारीको मृत्यु भएको छ ।
मुम्बईबाट हैदरावादका लागि उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको जेट विमान एआई ६१९ को इन्जिनमा फसेर विमानका प्राविधिक रवि सुब्रमण्यमको मृत्यु भएको हो ।
विमानका सहचालकले ‘सिग्नल’लाई गलत बुझेका कारण यो दुर्घटना भएको एयर इन्डियाले जनाएको छ । ‘पुस ब्याक’ सिग्नललाई सहचालकले इन्जिन स्टार्ट गर्ने सिग्नल मानेर इन्जिन चालु गर्दा सो दुर्घटना भएको एयर इन्डियाका अधिकारीले बताएका छन् ।
सहचालकले इन्जिन स्टार्ट गर्दा प्राविधिक सुब्रमण्यम विमानको नजिकै थिए । उनलाई इन्जिनले तानेपछि त्यसैमा फसेर उनको ज्यान गएको हो ।
इन्जिनमा फसेका कारण सुब्रमण्यमको शव क्षतविक्षत भएको छ । भारतको उड्ययन निर्देशनालय र एयर इन्डियाले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । (एजेन्सी)
imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses