भारतीय प्रहरीले नेपालीलाई गोली चलाएपछि बोले गृहमन्त्री
काठमाण्डु, ९ मंसिर– गृहमन्त्री शक्ति बस्नेतले सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर बुधबार बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको बैठकमा उनले नेपाल–भारत सीमा दशगजा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव भएको र उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको गृहमन्त्री बस्नेतले बताए ।
उक्त घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै आवश्यक चासो व्यक्त गर्ने सो अवसरमा जानकारी दिइयो ।
‘नेपाल भित्र्ने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ’, गृहमन्त्री बस्नेतले भने ।
मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए ।
एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उनले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिए ।
kathmandutoday
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses