जिल्ला प्रहरी कार्यालयमै मधेसी मोर्चाको प्रदर्शन, प्रहरीले केही गर्न सकेन्
मोरङ, ५ मंसिर । शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् ।
कालो झण्डासहित पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि पुगेर आफ्ना कार्यकर्ता छाड्न दबाब दिंदै नाराबाजी गरेका थिए । मोर्चामा आबद्ध संघीय समाजबादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले शान्तिपुर्ण आन्दोलनमा सहभागि भइरहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले विना कारण पक्राउ गरेको दाबी गर्दै तत्काल रिहा गर्न माग गर्नुभयो ।
प्रहरीले सवारी साधान तोडफोडमा संलग्न रहेको भन्दै मधेशी मोर्चाका ९ जना स्थानीय नेता तथा कार्यकर्तालाई हिजो विराटनगरका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता राधे कामतको नेतृत्वमा नगरक्षेत्रका विभिन्न ठाउँमा तोडफोड भएकाले मुद्दा चलाइने समेत जानकारी दिनुभयो ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses