चीनसँग भएको इन्धन सम्झौताको स्वागत
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज राष्ट्रिय जागरण परिषद नेपाल, नेपाल टेलिकम कर्मचारी संगठन, बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघलगायतका संघ संस्थाहरु र वरिष्ठ कलाकारहरुले भेट गरेका छन् ।
सो क्रममा उनीहरुले आफ्ना क्षेत्रका समस्या र देशले अहिले बेहोरिरहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ, पूर्व सचिव द्वारिकानाथ ढुंगेल र भरतबहादुर बस्नेतसहितको प्रतिनिधि मण्डलले मधेसकेन्द्रित दलहरुले सिमा नाकामा पु-याइरहेको अवरोध, तराई मधेसको आन्दोलन र नाकाबन्दी लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन र नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटको अन्तर्राष्ट्रियकरण गर्न माग गरे ।

उनीहरुले इन्धन आपूर्ति लगायतका विषयमा चीनसँग भएको सम्झौताको स्वागत गर्दै अत्यावश्यक सामग्रीको आपूर्तिका लागि तात्कालिक, मध्यकालिक र दीर्घकालिक योजनाहरु बनाई अघि बढ्न सरकारलाई सुझाव पनि दिए ।

जवाफमा प्रधानमन्त्रीले प्रतिनिधिमण्डलहरुबाट प्राप्त सुझावहरुले सरकारलाई बल प्राप्त भएको तथा सरकार सामाजिक सदभाव र राष्ट्रिय एकतामा खलल पर्न नदिनेतर्फ गम्भीर र सचेत रहेको बताए ।

ratopati
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses