मुगुमा हराएका चार बालबालिकाको खाल्डोभित्र शव भेटियो, आमाबुवाले नै हत्या गरेको खुलासा
मुगु, १३ मंसिर । मुगुमा चार दिनअघि हराएका चार बालबालिकाको शव फेला परेको छ ।
उनीहरुको शव खाल्डोभित्र पुरिएको अवस्थामा फेला परेको हो । उनीहरुलाई आफ्नै आमाबुवाले हत्या गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै २ छोरी र २ छोराको हत्या गरेको अभियोगमा हाग्लु–६ बस्ने नन्द बहादुर रोकाया, उनको श्रीमती बाचु रोकाया र आमा असारी रोकायलाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ९ गतेबाट रोकायका छोरीहरु ९ बर्षीया सुन्तली रोकाय, ४ बर्षीया बिपना रोकाय, छोराहरु ६ बर्षीय युवराज रोकाय र २ बर्षीय दिप बहादुर रोकाय हराएको खबर इलाका प्रहरी कार्यालय रातापानीमा प्राप्त हुनासाथ आइतबार खटिएको प्रहरी टोलीले रोकायको घरदेखि १ सय मिटर टाढा बारीमा खाल्डो खनी ४ वटै लास गाडी माथिबाट ढुंगाको पर्खाल लगाई राखिएको अवस्थामा फेला पारेको थियो ।
चारै छोराछोरी हत्या गर्नुको कारण खुल्न सकेको छैन् । घटनाको प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses