कांग्रेसका वरिष्ठ नेताको गोली हानेर हत्या
काठमाडौं, ४ पुस । विहानको समयमा मर्निङ वाकमा गएका भारतीय कांग्रेसका एक वरिष्ठ नेताको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।
भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राजनारायण सिंहको उत्तर प्रदेशको आजमगढ जिल्लामा मोटरसाइकल चढेर आएका दुई जनाको समूहले गोली हानेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
पूर्व सांसद समेत रहेका नेता सिंहको मर्निङ वाक गरेर घर फर्किने क्रममा हत्या भएको भारतीय न्जूज च्यानल आजतकले प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाएको छ ।
अधिवक्ता समेत रहेका सिंह उत्तर प्रदेश राज्य कांग्रेस कमेटीका वरिष्ठ नेता हुन् । राज्य प्रहरीले हत्याराको खोजी गरिरहेको छ । कांग्रेस नेता सिंहको हत्याको खबरले पुरै राज्य शोकमा डुबेको छ । खबर अनुसार अहिलेसम्म हत्याराको पत्ता लाग्न सकेको छैन् । सिंहको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
कांग्रेसका वरिष्ठ नेता सिंह आजमगढ जिल्लाको ठेकमा बस्दै आएका थिए । १० दिन पहिला उनी यूपी कांग्रेसको सहकारिता प्रकोष्ठका चेयरमैनमा चुनिएका थिए । उनी वर्ष १९९३ आजमगढ जिल्लाबाट सांसद थिए ।
उत्तर प्रदेश नेपालको सुदूरपश्चिमसँग जोडिएको सीमा राज्य हो ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses